कञ्चनपुरमा युवक हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ
मेरोन्यूज
२०८० फागुन २० गते १८:५६

कञ्चनपुर । कञ्चनपुरमा एक वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह रानासहित ६ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सुबदेव राना, भंगि राना, रुद्र राना, दुखसो राना र सुरज राना रहेका छन्।
उनीहरूलाई बेलौरी नगरपालिका–९ कै स्थानीय १८ वर्षीय अनुश राना मृत फेला प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। आइतबार अदालतबाट म्याद थपसमेत गरिएको छ।
कार्तिक २४ गते मृत फेला परेका रानाका बुबाले आत्महत्या दुरुत्साहनमा उनीहरूविरुद्ध किटानी दिएका थिए।
सम्बन्धित













२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
नयाँ वर्षको अवसरमा दराजले ल्यायाे दराज १.१, द नं १ सेल, ७० प्रतिशतसम्म छुट पाइने
आजदेखि रसुवागढी नाका सञ्चालनमा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया