जे सुकै परिवर्तन भए पनि मिसन २०८४ छाेड्दैनौँ : केपी ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन् ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो हिँडेको उल्लेख गर्दै यथास्थितिको अन्त्य र अग्रगमनका लागि देशमा परिवर्तन आवश्यक भएको उल्लेख गरे ।
अध्यक्ष ओलीले भने, “अहिलेको भताभुङ्ग अवस्थाबाट मुलुकले आंशिकरुपमा भए पनि केही सकारात्मक परिवर्तन हुन्छ तर जे सुकै परिवर्तन भए पनि हामी ‘मिसन(२०८४’ छाड्दैनौँ । अब हुने २०८४ सालको निर्वाचनमा एमालेले आफूलाई राष्ट्रिय शक्तिका रुपमा निर्वाचित हुने र त्यसलाई निर्णायक शक्तिका रुपमा विकसित गरी मुलुकको विकास र समृद्धिमा तीव्रतापूर्वक काम गर्ने हाम्रो अभियान जारी रहनेछ ।’’
अध्यक्ष ओलीले कृषिको आधुनिकीकरण र औद्योगिक क्षेत्रमा व्यापक विकास गरेर रोजगारी बढाउनुपर्नेमा जोड दिए। उनले जिफन्टका नेता–कार्यकर्तालाई मजदुर र तल्लो वर्गको हितका साथै सिङ्गो समाजको हितमा केन्द्रित भएर काम गर्न निर्देशन दिए ।
मजदुरहरुले हड्ताल र बन्द गर्न नपर्ने गरी नीतिगत र कानुनी प्रबन्ध गर्दै कार्यान्वयनमा लाग्न आग्रह गर्दै उहाँले युवाहरुलाई उद्यमशीलतामा परिचालित गरेर रोजगारी बढाउन पनि आग्रह गरे ।
















ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
नेपाल अमेरिकासँग पराजित
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया