लालबन्दी नगर अस्पतालबाट शल्यक्रियासहितको प्रसूति सेवा सुरु

सर्लाही। लालबन्दी नगर अस्पतालले शल्यक्रियासहितको प्रसूति सेवा सुरु गरेको छ ।
नगरपालिकाको आफ्नै प्रयासमा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नति गरी जटिल प्रसूति व्यथा भएका गर्भवती महिलाको शल्यक्रिया सेवा सुरु गरिएको लालबन्दी नगरपालीकाका नगरप्रमुख बासूदेब अधिकारिले जानकारी दिए ।
पहिलोपटक लालबन्दी नगर अस्पतालले मिर्चैया नगरपालिका १९ वर्षीया चन्डिका मगरको शल्यक्रिया गरिएको हो । शल्यक्रियाबाट उनको पहिलो सन्तान छोरी भएको लालबन्दी नगर अस्पतालले जनाएको छ ।
चन्डिका मगरको शल्यक्रिया गरेर लालबन्दी अस्पतालमा प्रसूति शल्यक्रिया सेवा सुरु गरिएको लालबन्दी नगरपालिका स्वास्थ शाखाले जनाएको छ । डा. रामबिश्वास राय दनुवार एनेस्थेसिया सहायक अनिल कापर, नर्स बबिता कुमारीसहितको स्वास्थ्यकर्मीको टोलीले सफलतापूर्व शल्यक्रिया गरेको हो । सुत्केरी व्यथा लागेर अस्पताल आएकी महिलाको शल्यक्रियाबाट आफ्नी छोरीलाई जन्म दिएको डा. रामबिश्वास राय दनुवारले बताए ।
लालबन्दी नगर अस्पतालमा सोमबार पहिलो शल्यक्रिया सफल भएको डा. दनुवारले बताए ।














सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार बन्ने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको आंशिक प्रभाव: कस्तो रहला आजको मौसम ?
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
प्रतिक्रिया