लालबन्दी नगर अस्पतालबाट शल्यक्रियासहितको प्रसूति सेवा सुरु

सर्लाही। लालबन्दी नगर अस्पतालले शल्यक्रियासहितको प्रसूति सेवा सुरु गरेको छ ।
नगरपालिकाको आफ्नै प्रयासमा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नति गरी जटिल प्रसूति व्यथा भएका गर्भवती महिलाको शल्यक्रिया सेवा सुरु गरिएको लालबन्दी नगरपालीकाका नगरप्रमुख बासूदेब अधिकारिले जानकारी दिए ।
पहिलोपटक लालबन्दी नगर अस्पतालले मिर्चैया नगरपालिका १९ वर्षीया चन्डिका मगरको शल्यक्रिया गरिएको हो । शल्यक्रियाबाट उनको पहिलो सन्तान छोरी भएको लालबन्दी नगर अस्पतालले जनाएको छ ।
चन्डिका मगरको शल्यक्रिया गरेर लालबन्दी अस्पतालमा प्रसूति शल्यक्रिया सेवा सुरु गरिएको लालबन्दी नगरपालिका स्वास्थ शाखाले जनाएको छ । डा. रामबिश्वास राय दनुवार एनेस्थेसिया सहायक अनिल कापर, नर्स बबिता कुमारीसहितको स्वास्थ्यकर्मीको टोलीले सफलतापूर्व शल्यक्रिया गरेको हो । सुत्केरी व्यथा लागेर अस्पताल आएकी महिलाको शल्यक्रियाबाट आफ्नी छोरीलाई जन्म दिएको डा. रामबिश्वास राय दनुवारले बताए ।
लालबन्दी नगर अस्पतालमा सोमबार पहिलो शल्यक्रिया सफल भएको डा. दनुवारले बताए ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया