मधेसमा सद्भाव कायम राख्न समुदायमा पुग्दै प्रदेश सुरक्षा प्रमुख

महोत्तरी । मधेस प्रदेशमा साम्प्रदायिक सद्भाव कायम गर्न प्रहरी प्रशासनले अभियान सुरु गरेकाे छ ।
सोमबार महोत्तरीको सम्सी गाउँपालिका १ र २ मा हिन्दु र मुस्लिम समुदायका ब्यक्तिहरुसँग छुट्टा/छुट्टै अन्तरक्रिया गरी अभियान सुरु गरेको प्रहरीले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा प्रदेश सुरक्षा प्रमुख नायव महानिरीक्षक यज्ञ विनोद पोख्रल, सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह र अनुसन्धान निर्देशक सन्जय यादव तथा जिल्ला सुरक्षा समितिको उपस्थिति थियो ।
कार्यक्रममा स्थानीयले जुनसुकै धर्म मानेता पनि आफूहरुमा द्वन्द्व नहोस् भन्ने चाहाना रहेको बताएका छन् । सानो कुरालाई धर्ममा जोड्ने र ठूलो बिषय बनाएर द्वन्द्व सिर्जना गर्ने कार्य ब्यक्तिबाट सुरु हुने भएकाले त्यस्तो ब्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गर्न पनि उनीहरुले प्रहरीलाई आग्रह गरेका छन् ।
समाजमा शान्ति सुरक्षा कायम राख्ने मुख्य भुमिका सम्बन्धित समाजका अग्रजहरूको हुने भएकाले सुरक्षासंग सम्वन्धित विषयमा समयमानै सुचना उपलब्ध गराई सुरक्षा निकायलाई सहयोग गर्न प्रदेशका सुरक्षा निकायका प्रमुखहरुले आग्रह गरेका थिए।
यस्ता किसिमका कार्यक्रम अन्य जिल्लाहरूमा समेत आयोजना गरिने प्रहरीले जनाएको छ ।














२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
नयाँ वर्षको अवसरमा दराजले ल्यायाे दराज १.१, द नं १ सेल, ७० प्रतिशतसम्म छुट पाइने
आजदेखि रसुवागढी नाका सञ्चालनमा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
प्रतिक्रिया