मधेसमा सद्भाव कायम राख्न समुदायमा पुग्दै प्रदेश सुरक्षा प्रमुख

महोत्तरी । मधेस प्रदेशमा साम्प्रदायिक सद्भाव कायम गर्न प्रहरी प्रशासनले अभियान सुरु गरेकाे छ ।
सोमबार महोत्तरीको सम्सी गाउँपालिका १ र २ मा हिन्दु र मुस्लिम समुदायका ब्यक्तिहरुसँग छुट्टा/छुट्टै अन्तरक्रिया गरी अभियान सुरु गरेको प्रहरीले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा प्रदेश सुरक्षा प्रमुख नायव महानिरीक्षक यज्ञ विनोद पोख्रल, सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह र अनुसन्धान निर्देशक सन्जय यादव तथा जिल्ला सुरक्षा समितिको उपस्थिति थियो ।
कार्यक्रममा स्थानीयले जुनसुकै धर्म मानेता पनि आफूहरुमा द्वन्द्व नहोस् भन्ने चाहाना रहेको बताएका छन् । सानो कुरालाई धर्ममा जोड्ने र ठूलो बिषय बनाएर द्वन्द्व सिर्जना गर्ने कार्य ब्यक्तिबाट सुरु हुने भएकाले त्यस्तो ब्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गर्न पनि उनीहरुले प्रहरीलाई आग्रह गरेका छन् ।
समाजमा शान्ति सुरक्षा कायम राख्ने मुख्य भुमिका सम्बन्धित समाजका अग्रजहरूको हुने भएकाले सुरक्षासंग सम्वन्धित विषयमा समयमानै सुचना उपलब्ध गराई सुरक्षा निकायलाई सहयोग गर्न प्रदेशका सुरक्षा निकायका प्रमुखहरुले आग्रह गरेका थिए।
यस्ता किसिमका कार्यक्रम अन्य जिल्लाहरूमा समेत आयोजना गरिने प्रहरीले जनाएको छ ।

















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया