बिहीबार, पुष १७, २०८२

बारामा बस खोलामा खस्यो : १७ जना घाइते, ४ गम्भीर

मेरोन्यूज २०८० फागुन २२ गते १८:१०

हेटौंडा । बाराको ३ नम्बर पुल बजारस्थित पक्की पुलबाट यात्रुबाहक बस खोलामा खसेको छ । चितवनबाट वीरगञ्ज जाँदै गरेको ना ६ ख ९०३० नम्बरको यात्रुबाहक बस पुलबाट खोलामा खसेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा २ बालबालिकासहित १७ जना घाइते भएका छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया