बाराको निजगढमा मृत बाघ फेला
मेरोन्यूज
२०८० फागुन २२ गते १८:५७

बारा। बाराको निजगढ नगरपालिका-४ स्थित कछडिया सामुदायिक वनमा मंगलबार एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।
कछडिया सामुदायिक वनको छेउ बकैया खोला किनारमा वयस्क बाघ मृत फेला परेको सबडिभिजन वन कार्यालय तामागढीले जनाएको हो ।
मंगलबार बिहान स्थानीयवासीले बाघ मरेको देखेपछि वनलाई खबर गरेको सबडिभिजन वन कार्यालय तामागढीका प्रमुख वन अधिकृत सुरेश भगतले जानकारी दिए ।
हेर्दा चार-पाँच दिन अगाडि नै मरेको देखिन्छ । पोथी बाघ करिब आठ वर्षको रहेको र प्रायः बाघ जुधेर मर्ने वा घाइते हुने गर्छन् । तर, यो बाघ भने बुढो भएर मरेको अनुमान गरिएको छ ।
योसँगै पछिल्लो एक महिनाको अन्तरालमा बारामा मात्रै दुईवटा बाघ मरिसकेका छन् ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया