कांग्रेसमाथि आक्रमण भएको सुरजपुराको घरलाई सङ्ग्रहालय बनाउन सुझाव

लुम्बिनी । नेपाली कांग्रेसको साङ्गठनिक अभियानका क्रममा ४० वर्ष अघि रुपन्देहीको सुरजपुरामा भएको घटनामा दिवङ्गत भएका यादवनाथ आलोक र रामप्रसाद चौधरीको सम्झनामा स्मृतिसभा आयोजना गरिएको छ । नेपाली कांग्रेस रुपन्देहीको आयोजनामा घटना भएको स्थानमा ४० औँ स्मृतिसभा आयोजना गरिएको हो ।
विक्रम संवत् २०३६ को जनमत सङ्ग्रहमा बहुदल पराजित भएपछि निष्क्रिय भएको पार्टीलाई पुनः सशक्त तुल्याएर प्रजातन्त्र प्राप्तिको आन्दोलन सफल पार्न नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालासहितका नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शैलजा आचार्यलगायत नेताको अगुवाइमा देशभर साङ्गठनिक अभियान सञ्चालन भएको थियो ।
अभियानका क्रममा नेताहरुको टोलीले नेपाली कांग्रेस रुपन्देहीले तत्कालीन रुपन्देहीका सभापति पुष्पानन्द गिरिको देवदह नगरपालिका– ३ सुरजपुरामा कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा बहुदलविरुद्धको समूहले आक्रमण गरेको थियो । आक्रमणमा यादवनाथ आलोक र रामप्रसाद चौधरीले ज्यान गुमाएका थिए भने घटनामा पार्टीका वर्तमान सभापति शेरबहादुर देउवासहित २७२ जना घाइते भएका थिए ।
स्मृतिसभाका वक्ताहरुले उक्त घटना भएको घरलाई सङ्ग्रहालय बनाउन सुझाव दिएका छन् । प्रजातन्त्रप्राप्तिको लागि सुरजपुरा घटना प्रस्थान विन्दु भएको बताउँदै उक्त घटनाको साक्षी बनेको घरलाई सङ्ग्रहालय बनाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले उक्त घर नेपाली कांग्रेसका लागि मात्रै नभएर लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्ने आन्दोलनका हिसाबले ऐतिहासिक भएको बताउँदै कुनै न कुनै रुपमा संरक्षण गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले उक्त घरलाई सङ्ग्रहालय बनाउने विषयमा धेरै प्रयास भएको बताउँदै सबैको एकतावद्ध प्रयासको खाँचो औँल्याउनु भयो ।
नेपाली कांग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकालले कांग्रेसलाई सिध्याउ खोज्नेहरुले पार्टीको अभियानका क्रममा सुरजपुरा घटना गराएको बताए ।
सभामा लुम्बिनी प्रदेश सभा सदस्य देवीप्रसाद चौधरी, सहिद पत्नी सीता न्यौपाने, रुपन्देही क्षेत्र नं. १ का क्षेत्रीय सभापति हीराबहादुर खत्री, कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरे, सचिव परमानन्द भट्टराई, देवदह नगर सभापति गुणाखर भूर्तेल, वडा नं. ३ का वडा सभापति थमबहादुर बुढाथोकीले उक्त घरलाई सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिएका थिए।
















भारत–युरोप व्यापार सहमति ऐतिहासिक
फलेवासबाट एक वर्षमा पाँच सय २५ जना बसाइँसराइ
Nine districts at high risk of forest fire
37 days left to go for HoR Polls: Printing of ballot papers for PR system completed
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
प्रतिक्रिया