आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मेरोन्यूज
२०८० फागुन २३ गते ११:११

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ५०० रुपैयाँले बढेर सुनको कारोबार सुरु भएको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २३ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २२ हजार ९०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २२ हजार ४०० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । योसँगै आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम थियो ।
सम्बन्धित
















आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै
बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड
प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…
काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया