ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
मेरोन्यूज
२०८० फागुन २३ गते १९:४३

कास्की । जिल्ला अदालतबाट दोषी ठहर भएर फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् ।
जिल्ला अदालत कास्कीले १२ वर्ष ४ महिना १३ दिन कैद सजाय र एक लाख २५ हजार रुपैयाँ जरिवाना तोकिएर फरार रहेका प्रतिवादी पोखरा महानगरपालिका–२० लामाडाँडाका ३० वर्षीय डिलबहादुर गुरुङ भन्ने प्रिमसबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले उनलाई पोखरा–११ काहुखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।
पक्राउ परेका गुरुलाई प्रहरीले बुधबार नै जिल्ला अदालत हाजिर गराई कैद सजाय भुक्तानीको लागि जिल्ला कारागार चलान गरिएको छ । उनी गत मंसिर ७ गते ज्यान सम्बन्धी कसूर मुद्दामा दोषी ठहर भएका थिए ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया