कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ- आफूसँग हुँदा इमान, अरुसँग जानेबित्तिकै बेइमान ?
मेरोन्यूज
२०८० फागुन २४ गते १३:१७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भनेकामा आपत्ति जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले आफूसँग हुँदासम्म इमान र अरुसँग जानेबित्तिकै बेइमान भन्न नहुने बताएका हुन् ।
उनले भने, ‘कसैलाई कसैलाई मेरो कदम अस्थिर लाग्न सक्छ । भर्खरै कांग्रेसको संसदीय दल बैठकले राजनीतिक बेइमान भनेर निष्कर्ष निकालेको सुनेँ । अहिले कांग्रेस प्रतिनिधिले बोल्नु नै होला । तर, मैले संक्षिप्तमा भन्नुपर्दा विकासप्रतिको छटपटी र राजनीतक प्रतिवद्धताको कारणले मैले सोचिबिचारी कदम चालेको हो । यसलाई मुद्दाको आधारमा हेर्दा उचित हुन्छ । आफूसँग हुँदा इमान, अर्कोसँग जानेवित्तिकै बेइमान भन्ने हुँदैन । राजनीतिमा केही आशंका पैदा भएपछि यो अवस्था आएको हो ।’
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया