पाटन नमुना युवा नगरसभाकाे मेयरमा सञ्जु भण्डारी

बैतडी । बैतडीको पाटनमा प्रथम नगरस्तरीय नमुना युवा नगरसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रममा नमुना मेयर–उपमेयर छनोट गरिएको छ ।
बुधबार देखी सुरु भएको प्रशिक्षण कार्यक्रममा सहभागीहरु मध्ये निर्वाचनका माध्यमबाट नमुना नगर प्रमुख र उपप्रमुख छनोट गरिएको हो ।
नमुना नगर सभा संञ्चालनका लागी २५ जना मतदाताले मतदान गरेका थिए । जसमध्य १६ मत प्राप्त गरेर सञ्जु भण्डारी मेयर र ११ मत प्राप्त गरेर निर्मला बिष्ट उपमेयर भएकी छन् । साथै आवश्यक पर्ने सदस्यहरु समेत छनोट गरिएको छ ।
४ दिन सम्म चल्ने उक्त कार्यक्रममा शुक्रबार बजेट निमार्ण प्रक्रिया लगायतका बिषयमा समितिहरुमा छलफल हुने छ भने शनिबार नगर सभा आयोजना गरिने भएको छ । जसमा पाटन नगरपालिका नगर प्रमुख तथा उपप्रमुखलाई निमन्त्रणा गरिएको छ ।
युवाहरूको क्षमता अभिवृद्धि गरि स्थानीय सरकार संचालनका बारेमा हुने अभ्यास तथा प्रक्रियाका बारेमा युवाहरूमा प्रशिक्षण प्रदान गरिने आयोजक बैतडी युवा समाजका महासचीव भट्टले जानकारी दिए ।
प्रशिक्षण तथा अयभ्यास कार्यक्रममा प्रमुख प्रशिक्षक भरत मल्ल, बैतडी युवा समाजका अध्यक्ष तथा प्रशिक्षक खेमराज अवस्थीले १० वटै वडाबाट सहभागि युवा प्रतिनिधिहरुलाई स्थानीय सरकारमा नगर कार्यपालिका, नगर सभा, बजेट निर्माण तथा कार्यान्वयनका प्रक्रियाका बारेमा जानकारी तथा प्रशिक्षण प्रदान गरिरहेका छन् ।

















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया