शुक्रबार, वैशाख ४, २०८३

नेपाली सेना राष्ट्र र जनताको हितमा समर्पित होस् : राष्ट्रपति

सेनाको योगदान गौरवपूर्ण छ : प्रधानमन्त्री

मेरोन्यूज २०८० फागुन २५ गते ६:२८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको गौरवमय छविलाई अझै उच्च बनाउँदै सदाझैं राष्ट्र र जनताको हितमा समर्पित रहन नेपाली सेनालाई निर्देशन दिएका छन् । 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

नेपाली सेनाको २६१ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली सेना स्थापनाकालदेखि नै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता तथा राष्ट्रिय एकताकोरक्षार्थ क्रियाशील रही आएको बताए ।

नेपाली सेनाका परमाधिपति पौडेलले सन्देशमा भनेका छन्, “संविधानप्रदत्त जिम्मेवारीका साथ अन्य जिम्मेवारीहरू पनि उत्कृष्ट ढंगले सम्पादन गर्दै आएको छ । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको रूपमा विश्व शान्तिस्थापना कार्यमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्न चाहन्छु ।” 

राष्ट्रपति पौडेलले विपद् प्रतिकार्य, महामारी, प्रकृति तथा पर्यावरण संरक्षण, विकास निर्माण लगायतकाविविध क्षेत्रहरूमा नेपाली सेनाको सहभागिता सम्पूर्ण नेपाली जनता तथा नेपाल सरकारको लागि भरोसाको केन्द्रको रूपमा स्थापित छ ।

सेनाको योगदान गौरवपूर्ण छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वतन्त्रता, राष्ट्रिय एकता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षार्थ नेपाली सेनाले पुर्याएको योगदान गौरवपूर्ण रहेको बताएका छन् । 

उनले राष्ट्र र जनताको जीवन रक्षार्थ विभिन्न कालखण्डमा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गरेका सम्पूर्ण सैनिकप्रति भावपूर्ण श्रद्धाञ्जली  व्यक्त गरेका छन् । २६१ औँ सेना स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री प्रचण्डले नेपाली सेना संविधान र कानुन प्रदत्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै राष्ट्र र जनताको सुरक्षामा निरन्तर समर्पित रहँदै आएको बताएका छन् । 

सन्देशमा उनले भनेका छन्, “आगामी दिनमा ऐतिहासिक परिवेश र परिदृश्यहरूको विश्लेषण तथा भविष्यका चुनौतीलाई सूक्ष्म निगरानीगर्दै देश र जनताको रक्षार्थ आफूलाई उभ्याउनेछ भन्ने विश्वास लिएको छु ।”

प्रतिक्रिया