चाडपर्वबाट एकता र मेलमिलापको आधार बन्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वका माध्यमबाट सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुग्ने बताएक छन् ।
महाशिवरात्रिका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले भने, “नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवम् सांस्कृतिक रीतिरिवाज भएको मुलुक हो, प्रत्येक पर्वलाई सबैले आदर गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ, हाम्रा यी सबै चाड–पर्व हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर हुन्” ।
शिवरात्रिजस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको सभापति देउवाले सन्देशमा बताए । सभापति देउवाले महाशिवरात्रिको अवसरमा आपूm र आफ्नो पार्टीका तर्पmबाट सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदी–बहिनीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया