बाँकेमा नक्कली औषधि पसल सिल, नक्कली बिक्रेता नियन्त्रणमा

जानकी (बाँके) । बाँकेमा नक्कली औषधि पसल सञ्चालकलाई पक्राउ गरिएको छ भने पसललाई सिल गरिएको छ । डुडुवा गाउँपालिका–६ चौधरीपुर्वाबाट नक्कली औषधि बिक्रेता विकास लखेरलाई जिल्ला प्रशासन कार्यालय बाँकेको टोलीले आज पक्राउ गरेको छ ।
अनुगमनका क्रममा डुडुवा गाउँपालिकाको चौधरीपुर्वा पुगेको जिल्ला प्रशासनको टोलीले नक्कली औषधि पसल सञ्चालक लखेरलाई पक्राउ गरी पसल सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । प्रजिअ पोखरलेका अनुसार पक्राउ गरिएका विकास लखेरले औषधि बिक्री गर्ने योग्यताको प्रमाणपत्र देखाउन सकेका थिएनन् । उनको पसल दर्ताबिना नै सञ्चालन गरेको अनुगमनबाट फेला परेको प्रजिअ पोखरेलले बताए । आरोपी लखेरको पसलमा करिब ७५ प्रतिशत औषधि म्याद गुज्रिएको अवस्थामा समेत भेटिएको छ ।
“म्याद गुज्रिएको भन्दा बाहेकका औषधिहरूको उपयोग म्यादमा हातले नै ‘ओभर राइट’ गरेको फेला परेको छ,” प्रजिअ पोखरेलले भने, “उपयोग गर्न निषेध गरिएको भिगो ट्रप्पल एक्स, डर्मिकेम र कम्बिनेसनमा भएका अन्य औषधिहरू पनि सो पसलमा बेच्ने गरेको भेटिएको छ । अनुमति बिना सञ्चालित पसल सिल गरेको छ ।”
बिक्रेता विकास लखेरलाई औषधि बिक्री वितरणसम्बन्धी प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रजिअ पोखरेलले बताए ।
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया