अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने

काठमाडौँ । अष्ट्रेलियन पर्वतारोही एली पेपरले अक्सिजनबिना अन्नपूर्ण हिमाल चढ्ने भएकी छन् ।
अष्ट्रेलियन पर्वतारोही पेपरले आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएको जानकारी दिइन् । उनले यही वसन्त ऋतुमा अन्नपूर्ण-१ चढ्न लागेको बताइन् ।
‘मेरो आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा लक्ष्य हासिल गर्ने कुरामा म विश्वस्त छु,’ पेपरले भनिन् । उनले कपनको सेभेन समिट ट्रेक्समार्फत बिनाअक्सिजन अन्नपूर्ण हिमालको आरोहण गर्न लागेकी हुन् । पेपरले सन् २००७ मा तिब्बतको माउन्ट चोयु हिमाल बिनाअक्सिजन आरोहण गरेकी थिइन् ।
पेपरले सन् २०२३ को जुलाई १५ मा ब्रोडपिक र सन् २०२३ को सेप्टेम्बर २८ मा मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छन् । ब्रोडपिक बिनाअक्सिजन सफल आरोहण गर्ने उनी पहिलो अष्ट्रेलियाली महिलासमेत हुन् ।
विश्वमा हालसम्म ६ जना आरोहीले मात्र बिनाअक्सिजन आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफल आरोहण गरिसकेका छन् । रासस









ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया