शुक्रबार, वैशाख ४, २०८३

प्रधानमन्त्रीले विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन माओवादीद्वारा ह्वीप जारी

मेरोन्यूज २०८० फागुन २६ गते १७:५५

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

शनिवार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले यही फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गर्ने निर्णय गरेको माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । त्यस्तै, राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका बेलामा पनि अनिवार्य उपस्थित हुन पनि निर्देशन जारी भएको उनले बताए।

विश्वासको मत लिने बेलामा प्रतिनिधिसभाका सदस्यलाई उपस्थिति हुन ह्वीप वा निर्देशन जारी भएको छ,’ पाण्डेले भने, ‘अध्यक्ष/उपाध्यक्षको निर्वाचनमा पनि सोही अनुसार उपस्थित हुन ह्वीप जारी गरिएको छ।’

प्रतिक्रिया