शुक्रबार, वैशाख ४, २०८३

माओवादीले आइतबार राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार टुंगो लगाउने

मेरोन्यूज २०८० फागुन २६ गते १८:०६

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार आइतबार (भोलिसम्म) टुंगो लगाउने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

शनिबार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्म उम्मेदवार टुंगो लगाउने बताएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले उम्मेदवारबारे भोलिसम्म निर्णय हुन्छ भन्नुभएको छ,’ उनले भने।

राष्ट्रियसभा निर्वाचनको मिति २९ फागुनका लागि तोकिएको छ ।

प्रतिक्रिया