हाते कागज उत्पादनमा समस्या

मङ्गलबारे (इलाम) । सन्दकपुर गाउँपालिका माइपोखरी (आलुबारी) घर भएका महेश्वर फागो दक्षिणी इलामको चुलाचुलीमा झरेर हाते कागज उद्योग सञ्चालन गरिरहेका छन् ।
अर्गेली (नेपाली कागज बनाउन प्रयोग गरिने एक प्रकारको बुटो) र लोक्ता प्रशोधन गरेर हाते कागज बनाउँदा घाममा सुकाउन अनिवार्य भएकाले तराईमा आएर उद्योग सञ्चालन गर्नुपरेको उनको भनाइ छ ।
उच्च पहाडी क्षेत्रमा पाइने लोक्ता र अर्गेली प्रशोधन गरी बनाइने हाते कागज उद्योग मौसम अनुकूल नहुँदा सञ्चालनमा कठिनाइ भएको छ । इलाममा करिब आधादर्जन उद्योग दर्ता भए पनि नियमित रुपमा एउटा उद्योग मात्र सञ्चालनमा रहेको छ ।
हाते कागज सरकारी कामकाजमा प्रयोग हुँदै आएको छ । यसका लागि आवश्यक कच्चापदार्थ जिल्लामा प्रशस्तै उत्पादन भए पनि अनुकूल मौसम नहुँदा उद्योग फस्टाउन सकेका छैनन् । लोक्ता उच्च पहाडी क्षेत्रमा उत्पादन भए पनि सुकाउन घाम आवश्यक पर्दछ ।
उच्च पहाडी क्षेत्रमा नियमित घाम नलाग्दा उत्पादनमा समस्या हुने गरेको उद्योग सञ्चालक फागोले बताए। तराईमा जाडोयाममा बाक्लो हुस्सु तथा कुहिरो लाग्ने भएकाले हाते कागज उत्पादन प्रभावित भएको उहाँको भनाइ छ । पहाडमा मौसम अनुकूल नहुँदा उद्योग सञ्चालनमा आएर पनि बन्द हुने गरेका स्थानीय बताउँछन् ।
क्षेत्रबाट कच्चापदार्थ लेकाली तराईमा ल्याएर उद्योग सञ्चालन गर्ने गरिएको छ । सोही कामका लागि नौ कठ्ठा जमिन खरिद गरेर उद्योग सञ्चालन गरिरहेको दिलमाया चेम्जोङले बताए । उनले ढुवानीमा नै बढी रकम खर्च हुने गरेको सुनाउनुभयो । उहाँका अनुसार हाते कागजबाट धूप बनाइने भएकाले पातलो कागज बढी बिक्री हुने गरेको छ ।
सरकारी कार्यालयमा तमसुक लेखनका लागि पनि पहाडे कागजको माग हुने गरेको पाइन्छ । बढी मात्रामा झापाको दमक, विर्तामोड र धरान तथा पोखरामा यसको माग हुने गरेको उद्यमीको भनाइ छ । वार्षिक रू ४० लाख सम्मको कारोबार लिने गरेको चेम्जोङको उद्योगमा दश जनाले रोजगारी पाएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयमा केही उद्योग दर्ता भए पनि एउटा मात्र सञ्चालन भइरहेको छ । आधुनिक प्रविधिको प्रयोग, कच्चापदार्थको सहज पहुँचलगायत व्यवस्था गर्न सके उद्योग थप प्रभावकारी र नाफामूलक बन्दै जाने उद्योगीको भनाइ छ ।
जापानमा पैसा छाप्न प्रयोग हुने यस प्रकारको कागज जापानलगायत विदेशमा समेत जाने गरेको छ । सरकारले किसान तथा उद्योगीलाई पर्याप्त सहयोग सहयोग गर्न नसकेको उनीहरुको भनाइ छ ।
यो कागजमा लेखिएको कुरा लामो समयसम्म पनि रहिरहने भएकाले यसको प्रयोग बढ्दै गएको छ । गाउँघरमा प्रशस्तै कच्चापदार्थ पाइने भए पनि मौसम अनुकूल नहुँदा उत्पादनमा समस्या भइरहेको उद्योगी बताउँछन् । सरकारलेले यस्ता उद्योग विस्तार तथा संरक्षणका लागि अनुदानका कार्यक्रम ल्याउनुपर्ने उद्योगी फागोले बताए ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया