सर्लाहीमा लाखौंका अबैध कपडा बरामद

सर्लाही। सर्लाहीको छुटाछुटै स्थान बाट लाखौं मूल्य बराबरको अबैध कपडा, प्याज, बीडी सहित एउटा पिकअप भ्यान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मलंगवाको प्रहरी टोलीले सनिवार साँझ हरिपूर्वा नगरपालिका ५ सग्राम्पुरबाट बसतपुर तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ च ०६८४ नम्वरको पिकअप भ्यान चेकजाँच गर्दा करिव १२ लाख मूल्य बराबरको बरामद भएको जिल्ला प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बताएका छन्।
पिकअप चालक महोत्तरी बर्दीवास नगरपालिका ३ का ४२ बर्षिय सन्तोष मगर र सवारी धनी सर्लाही पर्सा गाउँपालिका ६ का ३८ बर्षिय सरोज भण्डारीलाई कपडा , गाडी सहित आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाएको प्रहरीले जनाएको छ।
त्यस्तै वागमती नगरपालिका ११ स्थित कर्मैयामा मधुबनगोठबाट काठमाडौं तर्फ गइरहेका वागमती प्रदेश ०६–००१ ख ०००३ र ना. ६ ख. ७१०० नम्वरको यात्रुबाहक बसको डिक्कीबाट २२ र ३० बोरा प्याज तथा अनलाईन विल नभएका विडी बरामद भएको प्रवक्ता थारुले बताएका छन।
बरामद प्याज बीडीको एकलाख ७२ हजार मूल्याङकन सहित आवश्यक कारवाहीको लागि मलंगवा भन्सार कार्यालयमा बुझाइएको सर्लाही प्रहरीले जारिगरेको सूचनामा उल्लेख गरिएको छ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया