चितवनमा खैरोहेरोइन जस्तो देखिने पदार्थ सहित १ जना पक्राउ
मेरोन्यूज
२०८० फागुन २८ गते ८:२२

चितवन । चितवनमा लागुऔषध खैरोहेरोइन जस्तो देखिन पदार्थ सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लम्जुङको सुन्दरबस्ती नगरपालिका ३ स्थायी घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नम्बर १७ बस्ने अनिल गुरुङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गुरुङले आफ्नै घरमा लागूऔषध लुकाई छिपाई राखी बिक्री वितरण गर्ने भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चनौलिबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनलाई पक्राउ गरेको हो। उनको घरमा खानतलासि गर्दा लागुऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम र २ हजार ३ सय ८० रुपैयाँ फेला परेको प्रहरीले जानकारी दिएको छ।
गुरुङलाई आजै जिल्ला अदालत चितवनबाट म्याद थपको अनुमति लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ।
सम्बन्धित













नयाँ वर्षको अवसरमा दराजले ल्यायाे दराज १.१, द नं १ सेल, ७० प्रतिशतसम्म छुट पाइने
आजदेखि रसुवागढी नाका सञ्चालनमा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
New Year 2026 begins
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
प्रतिक्रिया