बेलौरीमा फोहर पानी प्रशोधनसहितको ढल निर्माण हुँदै
मेरोन्यूज
२०८० फागुन २९ गते १६:१३

कञ्चनपुर। बेलौरी नगरपालिकामा फोहर पानी प्रशोधनसहितको ढल निर्माण अगाडि बढाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु १८ करोडको लागतमा बेलौरी बजार क्षेत्रमा प्रशोधनसहितको ढल निर्माण सुरु गरिएको हो ।
बेलौरी बजारको नौ किलोमिटर क्षेत्रमा ढल निर्माण भइरहेको नगर प्रमुख पोतिलाल चौधरीले बताए । “ढल निर्माणका लागि ड्रेन निर्माण भइरहेको छ, ढल निर्माणपछि त्यसमा पाइप राख्छौँ”, उनले भने, “ढलको पानी पाइपमार्फत प्रशोधन केन्द्रसम्म पुर्याउछौँ ।” बजार क्षेत्रको प्रदूषित पानी मेसिनको सहायताले प्रशोधन गरिने उनले बताए ।
प्रशोधन केन्द्र निर्माणका लागि एककठ्ठा जग्गा व्यवस्थापन गरिएको उनले बताए । ढल निर्माणसँगै प्रशोधन केन्द्रमा मेसिन राख्ने काम भइरहेको उनको भनाइ छ । “ढलमै पाइप राखिने भएकाले पानी सिधैँ प्रशोधन केन्द्रमा पुग्छ”, उनले भने ।
सम्बन्धित
















साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
प्रतिक्रिया