विश्वकप फुटबल छनौटको बहराइनविरुद्ध हुने खेलका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल तथा बहराइनविरुद्धको फिफा विश्वकप एशिया छनौटको खेलका लागि टिमको घोषणा गरेको छ ।
नेपालले मार्च १५ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ भने विश्वकप छनौटको दोस्रो राउण्डमा बहराइनसँग मार्च २१ र २६ मा खेल्दै छ । बहराइनसँग नेपालमा हुने होम खेल दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेलका लागि उपयुक्त नभएपछि बहराइनमा नै हुने भएको छ ।
नेपाली राष्ट्रिय टिमका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो अन्नेसेले २३ सदस्यीय अन्तिम टिमको घोषणा गरेका छन् ।
नेपाली टिम:
गोलकिपर- किरण कुमार लिम्बु, अभिषेक रिजाल र बिशाल सुनवार ।
डिफेन्डर- अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरीङ लामा, सनिस श्रेष्ठ, सौभाग्य राई, समित श्रेष्ठ ।
मिडफिल्डर- भारत खवास, बिशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोशन कार्की र उत्सब राई ।
फरवार्ड- अन्जन बिष्ट, दिनेश हेन्जन, हित्सुब थपलिया, समिर तामाङ, संजीव विष्ट र जिलेस्पी जंग कार्की ।
एशिया विश्वकप छनौटमा नेपाल समुह एचमा रहेको छ । नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो ।















राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
प्रतिक्रिया