करिब १० करोड लागतको पुल अलपत्र

नवलपरासी। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ र १६ जोड्ने खजुरा खोलामाथि निर्माणाधीन पुलको काम बन्द भएको छ ।
करिब रू १० करोडको लागतमा निर्माणाधीन उक्त पुलको भुक्तानी लामो समयसम्म नपाएको भन्दै ठेकेदार कम्पनीले काम ठप्प बनाएपछि निर्माणको काम अलपत्र भएको हो ।
निर्माण व्यवसायीले अहिलेसम्म काम गरेबापत पाउनुपर्ने रू एक करोड १० लाखमध्ये हालसम्म रू १६ लाख मात्र भुक्तानी दिइएको बर्दघाट नगरपालिकाले जनाएको छ ।
पाउनुपर्ने बाँकी रकम नपाएको भन्दै निर्माण व्यवसायीले काम नगर्ने भन्दै काम ठप्प परेका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए । “रकम भुक्तानीका लागि केही महिनाअघि अर्थ मन्त्रालयमा सिफारिस गरेर पठाएका थियौँ”, उनले भने, “अहिलेसम्म रकम नआएपछि व्यवसायीले काम रोको छ ।”
वर्षायाममा खोला तर्न कठिन हुँदा बर्दघाटसँगै छिमेकी पालिका सुस्ता र प्रतापपुरका स्थानीय लामो दूरी भएर आवतजावत गर्नुपर्ने बाध्यतालाई हटाउन खोलामा पुल निर्माणको योजना परेको थियो ।
सम्झौतापछिको लामो समयसम्म निर्माण कम्पनीले काम बन्द गरेपछि नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासनले प्रहरीमार्फत निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएर काम सुरु गराएको थियो । विसं २०७७ मा श्रीमती सञ्जीवनी निर्माण सेवाले रू नौ करोड ७७ लाखमा पुल निर्माणको सम्झौता गरेको हो ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया