सुन तस्करीमा संलग्नलाई उन्मुक्ति दिन सहयोग गर्नेमाथि पनि कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विगतमा सुन तस्करीमा संलग्नलाई उन्मुक्ति दिन सहयोग गर्नेमाथि पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बिहीबार बुझेपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
“जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुन्छ,” गृहमन्त्री लामिछानेले भने, “विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानुन मातहत ल्याइनेछ ।”
आयोगका अध्यक्ष डिल्लीराज आचार्यको नेतृत्वमा गएको आयोगका पदाधिकारीले बिहीबार ४८५ पृष्ठको प्रतिवेदन बुझाएको थियो ।
मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआररडीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली प्रतिवेदनमा समावेश गरिएको छ ।
“प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरिनेछ । दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिनेछ,” प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्रीले बताए ।


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
प्रतिक्रिया