वीरगञ्जबाट हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ
मेरोन्यूज
२०८० चैत २ गते १८:२८

वीरगञ्ज । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक महिलासहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० बस्ने कुनाल कुमार जैसवाल, वडा नं २२ बस्ने वीरेन्द्र साह तेली, रेखाकुमारी साह र पर्सा जगरनाथपुर गाउँपालिका–६ बस्ने मितुकुमार कुर्मी छन्।
उनीहरूलाई वीरगञ्ज–१० आदर्शनगर स्थित कुनाल कुमार जैसवालको किराना पसलबाट विभिन्न बैंकका चेक र नगदसहित पक्राउ गरिएको हो।
उनीहरूको साथबाट ४ लाख ३ हजार नगद, विभिन्न बैंकको चेकबुक १३ थान, बैंकहरूको काटिएको चेक ६६ थान, डिपोजिट स्लिप ५ थान–एटिएम कार्ड ३ थान र मोबाइल सात थान बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।
पक्राउ परेका सबै जनाविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको छ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया