सीआईबी प्रमुख किरण बज्राचार्यको सरुवा
मेरोन्यूज
२०८० चैत २ गते २०:१५

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको सरुवा गरिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बज्राचार्यको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन्। बज्राचार्यलाई सीआईबीबाट नेपाल प्रहरी कार्यालय, कार्यविभागमा सरुवा गरिएको छ।
बज्राचार्यको ठाउँमा प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीलाई ल्याइएको छ। यसअघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए।
सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्को बैठकले बज्राचार्यको सरुवा गरेको हो। सुन तस्करीको अनुसन्धान गर्दा सीआईबीले केही व्यक्तिलाई जोगाएको जाँचबुझ आयोगले औंल्याएको थियो।
सम्बन्धित













नेप्सेमा १० अंककाे वृद्धि, पाँच अर्ब बढीकाे काराेबार
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
Train crash near Peru’s Machu Picchu kills one, injures 40
लुटिएका हतियार र फरार कैदीलाई निर्वाचन अगावै नियन्त्रणमा ल्याइसक्छाैं : गृहमन्त्री अर्याल
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया