सोमबार, माघ १२, २०८२

काठमाडौंमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

मेरोन्यूज २०८० चैत ३ गते १८:३२

काठमाडौं । काठमाडौंमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका-५ नयाँबस्ती क्लब नजिक सडकमा बा३३प १४९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा मोटरसाइकलमा सवार कागेश्‍वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३० वर्षीय गोपाल सुनार रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो। 

प्रतिक्रिया