सोमबार, चैत ३०, २०८२

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

मेरोन्यूज २०८० चैत ४ गते ७:१४

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ । 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । 

राष्ट्रियसभाको बैठक दिउँसो १ : १५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 


 

प्रतिक्रिया