निःशुल्क मुटुरोग शिविरबाट ३४३ जना लाभान्वित

मन्थली (रामेछाप) । जिल्ला अस्पताल रामेछापमा आइतबार सञ्चालित एक दिने निःशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविरबाट तीन सय ४३ जना लाभान्वित भएका छन ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा मेडिकल सुपरिटेन्डेन्ड डा केशव श्रेष्ठका अनुसार सहिद गङ्गालाल फाउन्डेसन नेपालको आयोजना, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोग र रामेछाप नगरपालिका तथा जिल्ला अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा गङ्गालाल अस्पतालका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए ।
शिविरमा एक सय जनाको मुटुको भिडियो एक्सरे, एक सय १५ जनाको इसिजी र एक सय १८ जनाको मुटु परीक्षण गरिएको जिल्ला अस्पताल विकास समिति रामेछापका अध्यक्ष यम पाख्रिनले बताए । दश जना मुटुरोगीलाई भने थप उपचारका लागि गङ्गालाल अस्पताल सिफारिस गरिएको छ ।
शिविरको उद्घाटन नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा सशाङ्क कोइरालाले गरेका थिए । उद्घाटनका क्रममा उनले यस्ता शिविरले धेरै नागरिकलाई फाइदा पुग्ने भएकाले देशभर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।















रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण
बाजुरामा रुखबाट लडेर व्यक्तिकाे मृत्यु
प्रतिनिससभा निर्वाचन : प्रत्यक्षतर्फ यस्तो छ कास्कीमा उम्मेदवारी मनोनयनको दर्ता कार्यतालिका
एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया