माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पताल भर्ना
मेरोन्यूज
२०८० चैत ५ गते २०:५८

काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्।
महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले आदेश दिएकाले महरालाई नर्भिक अस्पताल भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए।
जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। तर, महरा अस्वस्थ भएकाले अस्पतालमा राखिएको छ। उनलाई के भएको भन्नेबारे भने खुलिसकेको छैन।
सम्बन्धित















एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने
आगलागीले निस्सासिएकी वृद्धाको उद्धार
कहाँकहाँ स्थापना भए काठमाडौँका निर्वाचन कार्यालय ?
पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया