पर्साबाट ६ लाख बढी हुन्डी रकमसहित १ जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ६ लाख रुपैयाँ हुन्डीको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–१६ को दुर्गा हल पछाडिको गल्लीबाट हुन्डीको रकमसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।
धनुषा गणेशमान चारनाथ नगरपालिका ६ घर भई हाल वीरगन्ज १६ बस्ने ५० वर्षीय रामबाबु साह कलवारलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बताए। कलवारको झोलाबाट एक हजार दरका ३३५ थान र ५०० दरका ६८२ थान गरी ६ लाख ८२ हजार रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ।
उनको साथबाट ५०० दरका भारतीय नोट ५६ थान (भारतीय रुपैयाँ २८ हजार) रुपैयाँ समेत बरामद भएको उनले बताए। कलवारको साथबाट विभिन्न बैंकका चेक बुक १९ थान र मोबाइल फोनसमेत फेला परेको पर्सा प्रहरीले जनाएको छ।
पक्राउ परेकामाथि बैँक तथा वित्तीय सस्ंथासम्बन्धि ऐन २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थापाले बताए।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया