भारतीय सिनेमाका सबैभन्दा महंगा भिलेन बने ‘केजीएफ’ स्टार यश
मेरोन्यूज
२०८० चैत ६ गते १६:१३

काठमाडौं । दक्षिण भारतीय स्टार यश अब खलनायककाे भूमिकामा देखिने भएका छन्। रणवीर कपुर र साई पल्लवी स्टारर फिल्म ‘रामायण’मा उनी रावणको भूमिकामा देखिन लागेका हुन् ।
यस फिल्ममा रणवीर कपूरसहित साई पल्लवीको पनि मुख्य भूमिका रहेको छ। दंगल, छिछोरे जस्ता हिट फिल्म बनाएका नितेश तिवारी यस फिल्मलाई निर्देशन गर्नेछन्।
यशले यो भूमिकाका लागि १५० करोड भारु पारिश्रमिक लिएका छन्। जुन हिन्दी सिनेमाको इतिहासमा खलनायकले लिने सबैभन्दा धेरै पारिश्रमिक हो।
भारतीय सञ्चारमाध्यमका अनुसार यश केजीएफ ३ को सुटिङमा पनि व्यस्त छन्। तर, पनि उनले आफ्नो पहिलो बलिउड फिल्मको रुपमा रामायणलाई रोजेका छन्।
सम्बन्धित









एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
स्वास्थ्यका लागि चिया कफी कत्तिको लाभदायक ?
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया