फागु पुर्णिमामा कुन रंग कस्लाइ लगाउने ? जान्नुहोस

काठमाडौं । नेपाललाइ चाडपर्वको देश भनिन्छ। फागु पुर्णिमा रंगहरुको पर्व हो, जसलाइ बोलिचालीको भाषामा होली पनि भनिन्छ ।
बसन्तपुरमा चीर गाडेर लिंगो ठडाए पछि फागु पुर्णिमा सुरू भएको मानिन्छ, जो बसन्तपुर काठमाडौंमा ठडाइ सकिएको छ ।
यसलाई खराबमाथि राम्रोको विजयको रूपमा मनाइन्छ। मानिसहरु यो पर्वको निकै उत्सुकताका साथ प्रतीक्षा गर्छन् । मानिसहरूले आफ्ना विगतका सबै गल्ती बिर्सेर एकअर्कासँग प्रेमका साथ होली खेल्छन्।
तिनीहरूले एकअर्कामा रंगहरू धसेर रमाइलो गर्छन । धनी, गरिबी, उच्च वा नीच जस्तोसुकै भए पनि मानिसहरु यो दिन मिलेर होली खेल्छन् । हिन्दु धर्ममा पनि होलीको ठूलो महत्व रहेको छ । होलीको दिनमा प्रयोग हुने रङको पनि विशेष महत्व हुन्छ । आउनुहोस् होलीका रङहरूको महत्त्व के छ ? थाहा पाउनुहोस्। खासमा आज हामी कुन रंग कसलाई लगाउनु पर्छ ? भनेर जानकारी दिनेछौं ।
बालबालिकालाई रातो रङः
होलीमा सबैभन्दा बढी प्रयोग हुने रंग रातो हो । रातो रङको धेरै अर्थ हुन्छ । यो महत्वाकांक्षा, उत्साह, क्रोध, उत्साह, बहादुरी र साहस को प्रतीक हो। रातो रङ प्रेमीले पनि निकै मन पराउँछन् । रातो रंगको गुलाल होलीमा ऊर्जा प्रदान गर्दछ। होली पर्व धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण छ । धार्मिक कार्यमा पनि रातो रङको धेरै प्रयोग हुन्छ । होलीमा युवा र बालबालिकालाई रातो रंग लगाउन सकिन्छ ।
महिलाहरुलाइ पहेंलो रंगः
पहेँलो रंगलाई खुशी र सम्मानको प्रतीक मानिन्छ। यो रंग होलीमा धेरै प्रयोग गरिन्छ। पहेँलो रंग लगाएपछि अनुहारमा पनि राम्रो देखिन्छ । त्यसैले दिदीबहिनी वा घरका अन्य महिलालाई पहेँलो रंग लगाउन सकिन्छ ।
अग्रजलाइ हरियो रंगः
हरियो रंगलाई शीतलता, आराम, ताजगी र सकारात्मकताको प्रतीक मानिन्छ। हरियो रङ प्रकृतिसँग पनि जोडिएको हुन्छ । यो रंगले शारीरिक र मानसिक तनाव पनि कम गर्छ। हरियो रंगलाई भाग्यशाली र समृद्धि दिने पनि मानिन्छ । होलीको पर्वमा ठूला दाजुभाइ, आफन्त र आफूभन्दा ठूला जो कोहीलाई पनि हरियो रङ लगाउन सकिन्छ ।
साथीभाइलाइ सुन्तला रङः
सुन्तला रंगलाई सुख र सद्भावको प्रतीक मानिन्छ । होलीको दिन धेरैले एकअर्कालाई सुन्तला रंगको लगाउँछन्। तपाईं पनि आफ्नो नजिकका साथी र परिवारका सदस्यहरूलाई सुन्तला रंग लगाउन सक्नुहुन्छ, यसले सम्बन्धमा सद्भाव र खुशी बढाउँछ।
















होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह
प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया