‘सेकेन्ड नेश्नल टुरिजम कन्भेन्सन एण्ड फोटोग्राफी कम्पिटिसन २०२४’ घाेषणा, पुरस्कार रकम ५० हजार

काठमाडौं। लामो समयदेखी नेपालको पर्यटन प्रवद्र्धन गर्दै आएको अठोट नेपालले ‘सेकेन्ड नेश्नल टुरिजम कन्भेन्सन एण्ड फोटोग्राफी कम्पिटिसन २०२४’ घोषणा गरेको छ ।
चारवटा विभिन्न विधामा हुन लागेको यस प्रतिष्पर्धामा हरेक विधामा उत्कृष्ट हुनेलाई जनहि ५० हजार रूपैंयाँ पुरस्कार घोषणा गरिएको छ ।
आयोजक अठोट नेपालका अध्यक्ष देबेन्द्र बहादुर शाही ठकुरीका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । उनका अनुसार यस वर्ष ‘नेपाल सस्टेनेबल टुरिजम डेभ्लप्मेन्ट थिम’ मा आधारित भएर प्रतिष्पर्धा हुन लागेको हो ।
नेपालको पर्यटन प्रवद्र्धन हुने चार वटा मुख्य विधा प्रकृति (वातावरण), संस्कृति (जात्रा), पिपुल (जनजीवन), वाइल्ड लाइफ (चराचुरुङ्गी) संग सम्बन्धित तस्विरहरु पठाउन सकिनेछ ।
यस प्रतिष्पर्धाबाट छानिएका तस्विरहरुमध्ये छनौटमा परेको कुनै एक उत्कृष्ट फोटोलाई ‘फोटो अफ द इयर’ घोषणा गरिनेछ । तस्विर २०८१ बैशाख १८ गतेभित्र www.presentingnepal.com को वेवसाइटमा गएर पठाउन सकिनेछ । संसारको जुनसुकै कुनाबाट पठाए पनि तस्विर नेपालको हुनु पर्नेछ ।

पर्यटनको दिगो विकास गर्ने उद्देश्य बोकेको अठोट नेपालले यस कार्यक्रम दुई भागमा बिभाजन गरेको छ । पहिलो भागमा पर्यटनका विषयमा प्यानल डिस्कसन हुनेछ भने दोस्रो भागमा फोटोग्राफी प्रतियोगिता हुनेछ । प्यानल डिस्कसनमा पर्यटन र वातावरण क्षेत्रसँग सम्बन्धित विज्ञ व्यक्तित्वसँग पर्यटनका निति, निर्माणका विषय, पर्यटन प्रवद्र्धन तथा सरोकारका विषयसँगै जलवायू परिवर्तनका कारण पर्यटन क्षेत्रलाई पारेको प्रभाव र आगामी दिनमा पार्ने समस्याका बारेमा छलफल गरिनेछ । यस्तै फोटोग्राफी प्रतियोगितामा निर्णायकले छनौट गरेका उत्कृष्ट तस्विरहरूलाई पुरस्कृत गरिने छ । प्रतियोगिताबारे थप जानकारी www.presentingnepal.com मा हेर्न सकिनेछ ।
विश्व महामारी कोभिड १९ को महामारीपछि पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन महत्वपूर्ण योगदान दिने र भूमिका खेल्ने पर्यटन व्यवसायी, पर्यटन अभियन्ता, पर्यटन पत्रकार, पर्यटन फोटोग्राफर, पर्यटन क्षेत्रमा संलग्न सरकारी कर्मचारीहरु मध्येबाट छनौट भएकालाई सम्मान गरिने छ । साथै कार्यक्रममा टिपिकल कल्चरल शो पनि गरिनेछ ।
अठोट नेपालले आयोजना गर्न लागेको यस कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ । गत वर्ष ‘प्रिजेन्टिङ नेपाल फोटोग्राफी कम्पिटिसन तथा एक्जिबिसन २०२४’ को आयोजना गरिएको थियो ।
















दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया