विभिन्न मुद्दाका १९३ फरार प्रतिवादी पक्राउ

काठमाडौँ । प्रहरीको सक्रियताका कारण पछिल्लो सयम विभिन्न आपराधिक क्रियाकलाप गरी अदालतको फैसलामा सजाय तोकिइ फरार रहेका प्रतिवादी पक्राउ पर्ने क्रम बढेको छ ।
यसै सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहत प्रहरी कार्यालयको टोलीले गएको फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका १९३ फरार प्रतिवादी पक्राउ परेको जनाइएको छ ।
कानुनी राज्य र विधिको शासन प्रत्याभूति गराउने अभियानअन्तर्गत फागुन महिनाको फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, “विभिन्न आपराधिक गतिविधि गरेर अदालतको फैसलामा सजाय तोकिए पनि फरार रहेकालाई पक्राउ गर्ने अभियान (फैसला कार्यान्वयन) अन्तर्गत फागुनमा एक सय ९३ जना पक्राउ परेका छन, पक्राउ परेकाबाट रु ४७ लाख ३३ हजार तीन सय ५५ जरिवाना असुलउपर गरिएको छ ।”
पक्राउ पर्ने प्रतीवादीमा जुवा, सवारी ज्यान, चोरी, गालीबेइज्जती, जालसाजी, चेक अनादर, ठगी, विद्युतीय कारोबार ऐनलगायतका मुद्दासँग सम्बन्धित रहेका प्रवक्ता तथा प्रहरी उपरीक्षक अधिकारीले बताए ।
















आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया