विभिन्न मुद्दाका १९३ फरार प्रतिवादी पक्राउ

काठमाडौँ । प्रहरीको सक्रियताका कारण पछिल्लो सयम विभिन्न आपराधिक क्रियाकलाप गरी अदालतको फैसलामा सजाय तोकिइ फरार रहेका प्रतिवादी पक्राउ पर्ने क्रम बढेको छ ।
यसै सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहत प्रहरी कार्यालयको टोलीले गएको फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका १९३ फरार प्रतिवादी पक्राउ परेको जनाइएको छ ।
कानुनी राज्य र विधिको शासन प्रत्याभूति गराउने अभियानअन्तर्गत फागुन महिनाको फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, “विभिन्न आपराधिक गतिविधि गरेर अदालतको फैसलामा सजाय तोकिए पनि फरार रहेकालाई पक्राउ गर्ने अभियान (फैसला कार्यान्वयन) अन्तर्गत फागुनमा एक सय ९३ जना पक्राउ परेका छन, पक्राउ परेकाबाट रु ४७ लाख ३३ हजार तीन सय ५५ जरिवाना असुलउपर गरिएको छ ।”
पक्राउ पर्ने प्रतीवादीमा जुवा, सवारी ज्यान, चोरी, गालीबेइज्जती, जालसाजी, चेक अनादर, ठगी, विद्युतीय कारोबार ऐनलगायतका मुद्दासँग सम्बन्धित रहेका प्रवक्ता तथा प्रहरी उपरीक्षक अधिकारीले बताए ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
प्रतिक्रिया