बैतडीमा १८ दिनदेखि बेपत्ता पुरूष मृत फेला
मेरोन्यूज
२०८० चैत ८ गते १३:५०

बैतडी। १८ दिनदेखि बेपत्ता रहेका यहाँका एक पुरुष मृत फेला परेका छन् ।
जिल्लाको पुर्चौंडी नगरपालिका–३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए ।
गएको फागुन १९ गतेदेखि हराइरहेका बोहरा नौलीगाड भन्ने स्थानमा मृत फेला परेको जनाइएको छ । स्थानीयले बोहरालाई मृतावस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको प्रहरी निरीक्षक जोशीले बताए ।
घटनाका विषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक जोशी नेतृत्वको टोली घटनास्थल पुगेको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित

















महाशिवरात्रिः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लामो लाम
अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र
जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य : सभापति थापा
काठमाडौँका सबैै स्थानीय तहमा मतदाता शिक्षा सुरु
नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया