दिप्रुङ चुइचुम्माका महिलाको पाठेघरको शल्यक्रिया निःशुल्क गरिने

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका महिलाको पाठेघरको शल्यक्रिया निःशुल्क गरिने भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पाठेघरको समस्या भएका स्थानीय १६ महिलालाई निःशुल्क उपचार तथा शल्यक्रियाका लागि काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पठाएको छ ।
गाउँपालिकाले गत माघमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट पहिचान भएका पाठेघरका रोगीलाई गाउँपालिकाले थप उपचारका लागि प्रसूतिगृह पठाएको हो । शिविरमा १७ महिलामा पाठेघरको समस्या देखिएको थियो । एकजनाले भारतमा उपचार गराएकाले १६ जनालाई प्रसूतिगृह पठाइएको गाउँपालिकाकी उपप्रमुख अरुणा थापामगरले जानकारी दिइन्। पाठेघरको समस्या भएका महिलालाई गाउँपालिकाले यातायात, खाना र बाससहित निःशुःल्क उपचारको व्यवस्था गरेको छ ।
गाउँपालिकाका वरिष्ठ अनमी चन्द्रमाया राईका अनुसार १६ मध्ये आठजनामा उच्चरक्तचाप तथा एकजनामा थाइराइडको समस्या देखिएको छ । उनले भनिन्, “सबै परीक्षणको नतिजा आएपछि शल्यक्रियाको टुङ्गो लाग्छ ।”














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया