रियलमी नार्जाे एन ५३ अब नयाँ भेरियन्टमा

काठमाडाैं । स्मार्टफोन ब्राण्ड रियलमीको रियलमी नार्जाे एन ५३ ८+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक मूल्य सहितको यस रियलमी नार्जाे एन ५३ को जम्मा मुल्य १७,९९९ रूपैयाँ रहेको कम्पनीले जनाएको छ ।
५० मेगापिक्सलको (एआई) पछाडिको मुख्य क्यामेरा रहेको नार्जाे एन ५३ मा सेल्फीका लागि ८ मेगापिक्सलको एआई सेल्फी क्यामेरा रहेको छ । ५००० एमएएचको ब्याट्री रहेको यस स्मार्टफोनमा ३३ वाटको फास्ट चार्जिङ रहेकोले ३१ मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ ।
७.४९ एमएम मोटाइ भएको नार्जाे एन ५३ लाई कम्पनीले सबैभन्दा पातलो फोनमध्यको एक रहेको दाबी गरेको छ भने यस स्मार्टफोनको लम्बाई १६७.३ एमएम, चौडाई ७६.७ एमएम र तौल १८२ ग्राम रहेको छ । फिङ्गर सेन्सर पावर बटनमा रहेको यस फोनमा ३.५ एमएमको हेडफोन ज्याक, माइक्रोफोन र यूएसबी टाइप सी पोर्टसमेत रहेको छ ।
युनिसक टाइगर टी ६१२ चीपसेट रहेको यस नार्जाे एन ५३ मा ९० हर्जको रिफ्रेस रेटसहित ६.७४ इञ्जको आईपीएस एलसीडी डिस्प्ले छ । त्यसैगरी चिपसेटमा १२ एनएम प्रोसेस नोड र १.८ गिजाहर्ज पावरसहित ग्राफिक्सका लागि माली जी–५७ जीपीयू रहेको छ ।












विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
प्रतिक्रिया