नदीमा माछा मार्न गएका किशोर बेपत्ता
मेरोन्यूज
२०८० चैत ९ गते २०:५०

मान्म (कालीकोट) । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ मा तिला नदीमा माछा मार्न गएका किशोर बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका–६ स्थित तिला नदीमा माछा मार्ने क्रममा सोही ठाउँका अन्दाजी १५ वर्षीय गणेश शाही नदीमा बेपत्ता भएका हुन् ।
उनीसँगै नदीमा माछा मार्न गएका साथीका अनुसार ढुङ्गामा चिप्लिएर गणेश बेपत्ता भएको खबर आएको तिलागुफा नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले बताए । “तीर्थबहादुर शाहीका छोरा बेपत्ता भएको, उनको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्”, उनले भने, “घटना आज दिउँसो २ बजेतिर भएको हो ।”
तिला नदीमा प्रहरी चौकी खल्ला र गाल्जेको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । बेपत्ता किशोर कालिका माध्यामिक विद्यालय खल्लामा कक्षा–९ मा अध्ययनरत रहेको नगरप्रमुख उपाध्यायले जानकारी दिए ।
सम्बन्धित

















पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन
उज्यालो नेपाल पार्टीले सार्वजनिक गरेकाे निर्वाचन प्रतिबद्धतापत्रमा के छ ?
पश्चिमी वायुको सामान्य प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
प्रतिक्रिया