घुर्ने समस्या मात्र होइन रोग पनि हो
डा. योगेश न्यौपाने (नाक, कान, घाँटी एवम् सिलिप सर्जन)

काठमाडौं । धेरैजसोले घुर्नुलाई सामान्य समस्याका रुपमा लिने गरेको पाइन्छ । तर यो सामान्य समस्या मात्र नभएर एक प्रकारको रोग पनि हो । विभिन्न अध्ययन हेर्दा विश्वमा ३० देखि ३५ प्रतिशत मानिसमा घुर्ने रोग छ । पछिल्लो समयमा मानिसमा बढ्दो तौलले पनि यो समस्या बढाउँदै गएको देखिएको छ । श्वास फेर्ने बाटो साँघुरो हुन्छ अनि मानिस घुर्न थाल्छ । धेरै साँघुरो बाटोबाट हावा जाँदा त्यसले एक किसिमको ‘भाइब्रेसन’ गर्छ । त्यही भाइब्रेसन नै घुराइ हो ।
नाकदेखि फोक्सोसम्मको नलीलाई ‘श्वासनली’ भनिन्छ । त्यो चाहिनेभन्दा बढी साँघुरो हुन्छ । जसले गर्दा फोक्सोमा हावा कम पुग्छ । घुर्ने व्यक्तिको शरीरमा रातिको समयमा अक्सिजन कम हुने हुन्छ । दिनको समयमा मानिस व्यस्त हुने हुँदा हाम्रो ऊर्जा खर्च हुन्छ तर रातको समयमा आवश्यक ऊर्जा बढी प्राप्त गर्छौं । त्यो ऊर्जा पाउन अक्सिजन चाहिने हुन्छ तर शरीरले पाउँदैन् । घुराइले अहिलेको समयमा रोग नदेखिएपनि दिर्घकालीन समयमा कुनै न कुनै प्रकारको रोग देखाउँछ । कपालदेखि पैतलासम्म देखिने रोग देखिन्छ ।
मुटु रोग, हृदयाघात, बे्रन स्टोक र ग्याष्टिकलगायत समस्या देखिने हुन्छ । घुर्ने समस्या लिएर अस्पतालमा आउनेको संख्यासमेत देखिन थालेको छ । सामान्यता घुराइ सामान्य छ कि रोगमा परिणत भएको छ, त्यसको अध्ययन गरेर हेर्ने गरिएको छ । रातको समयमा बिरामीको शरीरमा एउटा मेसिन राख्ने गरिन्छ । उक्त मेसिन राखेर रातभरीमा सबै रेर्कड गर्छ । रातको समयमा कति पटक घुर्छ, झस्किएर उठ्छ । ति व्यक्तिको शरीरमा रोग देखिएमा कुन रोग हो ? त्यसको अधारमा औषधि दिने गरिन्छ ।
घुराइका लक्षणहरुः
श्वास फेर्दा अड्किने
बिहान उठ्दा घाँटी सुख्खा हुने (पानी तथा चिया खाएपछि मात्रै घाँटी खुल्ने गर्छ)
घाँटी दुखे जस्तो हुने ।
बिहान उठ्दा टाउको भारी हुने, काममा जागर नहुने ।
खाना खाएपछि निन्द्रा आइहाल्ने ।
निन्द्रा लाग्ने ।
रातको समयमा बीचबीचमा पिसाब लाग्ने हुन्छ ।
विस्तारै मुटु तथा मिर्गौलाको समस्या देखिने वा यस्ता रोगको औषधिको मात्रा बढ्ने ।
माथिका लक्षण देखिन थालेमा तुरुन्तै अस्पताल जानुपर्ने हुन्छ ।
यसबाट बच्न के गर्ने ?
बिरामीले आफ्नो तौल घटाउनुपर्ने हुन्छ ।
कोल्टे फर्किएर सुत्ने ।
घुराइसम्बन्धी (व्यायम युट््युबमा हेर्न सकिन्छ)
जंकफुड नखाने ।
माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै चिकित्सकसँग सल्लाह लिने ।
(त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका डा न्यौपाने नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्)

















देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
हतियारसहित भक्तपुरमा एक जना पक्राउ
चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
Election preparations over in Sudurpaschim Province
फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया