अझै ८३ प्रतिशत क्षयरोगी उपचारको पहुँच भन्दा बाहिर
नेपालमा बर्सेनी करिब २८ हजार क्षयरोगका बिरामी थपिदै,

काठमाडौं । नेपालमा बर्सेनी क्षयरोगका २७ हजार ७४५ जना नयाँ बिरामी थपिने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रको तथ्यांकअनुसार अहिले एक लाख १७ हजार क्षयरोगी रहेको देखिन्छ । अझै पनि ४१ हजार बिरामी भने उपचारको दायरामा नआएको केन्द्रको तथ्यांकमा छ ।
नेपालमा वार्षिक १७ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको केन्द्रले जनाएको छ । यो तथ्यांकअुनसार दिनमा ४६ जनाको मृत्यु क्षयरोगका कारण हुने देखिन्छ । आर्थिक वर्ष ०७६÷०७७ मा मात्रै ६९ हजार नयाँ रोगी थपिएको क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणले देखाएको छ ।
जनशक्ति कम हुनाले क्षयरोगका बिरामीको पहिचान र उपचारमा कठिनाई भएको केन्द्रका निर्देशक डा.अनुज भट्टचनले जानकारी दिए । उनका अनुसार अहिले पालिकामा क्षयरोग कार्यक्रमका लागि छुट्टै स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ ।
सरकारले आगामी आर्थिक वर्षदेखि क्षयरोगमुक्त स्थानीय तह घोषणा अभियान सञ्चालन गर्ने योजनासमेत बनाएको छ । स्थानीय तहहरू विभिन्न सूक्ष्म कार्यक्रम सञ्चालन गरी क्रमशः सबै पालिकालाई क्षयरोगमुक्त बनाउने केन्द्रको योजना छ । तर, सरकारको लक्ष्यविपरीत नेपालमा क्षयरोगीको संख्या भने बर्सेनी बढ्दै गएकोले चुनौतिसमेत छ ।
नेपालबाट सन् २०३५ सम्म क्षयरोग निवारण गर्ने लक्ष्य लिइएको छ । चालु आर्थिक वर्षमा निको हुन सक्ने तीन हजार ८४ जना बिरामी मात्रै उपचारको दायरामा आएका छन् । जुन कुल रोगीमध्ये १७ प्रतिशत मात्रै हो । तर अझै ८३ प्रतिशतलाई उपचारको दायरामा ल्याउनु अहिलेको प्रमुख चुनौती रहेको केन्द्रले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक वर्ष निको हुन सक्ने अवस्थाका दुई हजार २ सय नयाँ रोगी थपिने गरेका देखाएको छ ।
















कांग्रेस नेता पूर्णबहादुर खड्का भाइ विष्णु सुर्खेत-१ मा विजयी
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
इरानकाे आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो
रुपन्देही–५ मा रास्वपाका खान विजयी
दैलेख–२ मा एमालेका पोखरेल विजयी
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
प्रतिक्रिया