अविरल जनसाहित्य यात्रामा पौडेलका कविता

काठमाडौँ । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा–८८’ मा शनिबार प्रगतिवादी कवि भवानी पौडेलका कविता प्रस्तुत गरिएको छ ।
कार्यक्रममा कवि पौडेलले ‘देश बनाउन आऊ’, ‘धर्ती बनाऊ सौरभ’, ‘फिडेल क्यास्ट्रोको सम्झनामा’ ‘सिर्जनाको मूल’, ‘हाम्रो घर’ र ‘आमा’ तथा सहयोगी कविहरू शारदा केसी क्षेत्रीले पौडेलका ‘त्यो युद्ध’, रूपक अलङ्कारले ‘चैतन्य फेरौँ अब’, सुभानी उपाध्यायले ‘साझा मान्छे’, डम्बर पहाडीले ‘मोटे सार्की’ र हरिशचन्द्र गौतमले ‘अब जाग्नुपर्छ’ शीर्षकका पौडेलका कविता वाचन गरेका थिए ।
प्रस्तुत कवितामा टिप्पणी गर्दै समीक्षक डा गोविन्दप्रसाद आचार्यले सामाजिक रूपान्तरणका पक्षमा साधना गर्ने स्रष्टाका कवितामा आशावाद र सामाजिक यथार्थ आउनैपर्ने बताए । “कवितामा मानवीय पीडा अभिव्यक्त भएको छ, सामाजिक विभेदको जीवन्त चित्र पनि खिचिएको पाइन्छ । समाजमा भ्रम छर्नेका विरुद्ध हाम्रा सिर्जनाले चेतना सम्प्रेषण गर्नु आवश्यक छ”, उनले भने ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले राजनीतिले मूर्तरूप लिएपछि सामाजिक रूपान्तरण गर्न राजनीति र संस्कृतिको मेल आवश्यक भएकाले समाजलाई जोड्न संस्कृतिकर्मीको महत्त्वपूर्ण भूमिका हुने बताए ।
सङ्घका अध्यक्ष राम विनयले स्रष्टाले अराजकतावादको विरोधसहित स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्नुपर्ने बताए ।
अविरल शृङ्खलाका संयोजक डा हरिप्रसाद सिलवालले विसं २०३४ फागुन १२ गते कपिलवस्तुमा जन्मिएकी पौडेलका ‘समयको सारङ्गी’ कविता सङ्ग्रह प्रकाशित छ भने पछिल्ला दिनमा उनी आख्यान लेखनमा पनि सक्रिय रहेको जानकारी दिए।
















कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
राष्ट्रियसभा निर्वाचनः कर्णालीमा १९१ मत खस्यो
सन्तोष परियारले गरे बिहे
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया