बुधबार, पुष १६, २०८२

ललितपुर घटना : २ वर्ष जेल बसेर छुटेका थिए चक्कु प्रहार गर्ने व्यक्ति

मेरोन्यूज २०८० चैत १३ गते ११:५५

काठमाडौं । ललितपुर महानगरपालिका–२६, ढोलाहिटी घटनाका मुख्य आरोपित विजय राई भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

होली पर्वका दिन गएको आइतबार राति करिब ९ बजे ढोलाहिटीस्थित सो रेस्टुरेन्टमा दुई समूहबीच झडप भएको थियो । त्यसक्रममा चक्कु प्रहारबाट दुई युवकको मृत्यु भएको थियो ।

मृत्यु हुने रोबस राई र पुजन राई फरकफरक समूहका हुन् । हत्यामा संलग्नको आरोपमा प्रहरीले दुई समूहका गरी १८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने मध्ये एक जना खाजा पसल सञ्चालक विजय राई रहेका छन् । झडपका क्रममा चक्कु प्रहार गर्ने व्यक्ति उनी नै रहेको प्रहरीको दाबी छ ।

घटनामा चक्कु प्रहार गर्ने विजय यसअघि लागुऔषध मुद्दामा दुई वर्ष जेल सजाय भोगेर छुटेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया