तामाकोशीका पूर्वअध्यक्ष खड्कासहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै पूर्व अध्यक्ष खड्का सहित २७ जनालाई मुद्दा चलाएकामा छ जना दोषी ठहर भएका र अन्य २१ जनाले सफाइ पाएको विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ताधनबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार पूर्वअध्यक्ष खड्कासहित राजुप्रसाद न्यौपाने, टङकप्रसाद चौलागार्इं, दुर्गाबहादुर तामाङ, नोर्बु लामा तथा पाइक कन्ट्रकसनका सञ्चालक अमृतबहादुर तामाङलाई अदालतले दोषी ठहर गरेको हो । पूर्वअध्यक्ष खड्कालाई रु एक करोड ९९ लाख जरिवाना र छ महिना कैद सजाय सुनाइएको छ ।
यसैगरी न्यौपाने र चौलागाईंको एकमा जनही तीन महिना कैद र रु ६३ लाख जरिवाना तथा तामाङ र लामाको हकमा जनही तीन महिना कैद तथा रु ३१ लाख जरिवाना हुने भएको उपरजिस्ट्रार एवं प्रवक्ता कार्कीले बताए ।
















कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया