मुगुमा जीप दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु, चार घाइते

मुगु । गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
कर्णाली प्रादेश ०२–००१ ज ००५९ नम्बरको सो जीप बुधबार सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर बढी तल खसेको जनाइएको छ । दुर्घटनामा चालकसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको र अन्य चारजना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा जीप चालक कविराज नेपाली र पहिचान नखुलेका एक महिला छिन् । घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली , हीरादिङ नेपाली र प्रेम नेपाली रहेको उनले जानकारी दिए ।
घाइते मन्जनेको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताइएको छ । प्रनाउ थापाले घाइतेलाई उद्धार गरी उपचारका लागि मुगु जिल्ला अस्पतालतर्फ ल्याइँदै गरेको जानकारी दिए ।













बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु
युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री कार्की
सानिमा रिलायन्सद्वारा इलामको पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग
सडक मर्मतमा ढिलाइ गरे पेनाल्टी तिराउँछाैं : मन्त्री घिसिङ
कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिक्रिया