संसदीय टोलीद्वारा जिल्ला कारागार बाँकेको स्थलगत अनुगमन

नेपालगञ्ज । संसदीय टोलीले जिल्ला कारागार बाँके र जयन्दु बाल सुधारगृहको आज स्थलगत अनुगमन गरेको छ ।
प्रतिनिधिसभा, कानुन न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको नेतृत्वमा आएको छ सदस्यीय संसदीय टोलीले कारागार र बाल सुधारगृहको अनुगमन गरेको हो ।
समितिका सदस्य पूर्णबहादुर घर्तीले कारागार र बाल सुधारगृहको नीतिगत तथा भौतिक संरचनाको सुधारलगायतका विषयमा जानकारी लिएको बताए ।
“जे जस्ता समस्या देखिएका छन्, त्यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराइनेछ”, उनले भने ।
कारागार कार्यालयका प्रमुख अर्जुनजङ्ग शाहले संसदीय टोलीलाई कारागारको अवस्थाका बारेमा विस्तृत जानकारी गराएका थिए । संसदीय टोलीमा समितिका सदस्य ध्रुव बहादुर प्रधान, शेरबहादुर कुँवर, चन्द्रबहादुर विक, रेखा चौधरीलगायत थिए । उक्त टोलीले बिहीबार बर्दियास्थित जिल्ला कारागार र शुक्रबार सुर्खेतमा रहेको कारागारको पनि स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया