तल्लो डुङ्गेश्वर-पालेतडा सडक जीर्ण
मेरोन्यूज
२०८० चैत १७ गते ११:३१

काँक्रेविहार (सुर्खेत) । कर्णाली राजमार्गअन्तर्गत दैलेखको तल्लो डुङ्गेश्वरदेखि पालेतडासम्मको सडकखण्ड जीर्ण भएको छ । नियमित रूपमा सवारी साधन सञ्चालन हुने जीर्ण सडकमा दुर्घटनाको जोखिम बढेको छ ।
यो सडकमा दैनिक गाडी चलाउँदै आउनुभएका रमेश शाही सडकका खाल्डा तत्काल पुर्नुपर्नेमा जोड दिँदै अविलम्ब मर्मतसम्भारका निम्ति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउँछन् । बाङ्गेसिमलदेखि दहीखोलाको बीच भाग डुङ्गेश्वर–पालेतडासम्मको झण्डै ३० किलोमिटर सडक तत्काल मर्मत गर्नुपर्ने उनी बताउछन् ।
जीर्ण सडक मर्मतबारे रासस प्रतिनिधिको जिज्ञासामा सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर टोप नारायण पौडेलले अनुसार उक्त खण्डको लागि चालु आर्थिक वर्षमा उक्त सडकको स्तरोन्नति गर्न बजेट नभएको जानकारी दिए ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया