मंगलबार, वैशाख ८, २०८३

झापामा अधिकांश उजुरी मेलमिलापबाटै समाधान

मेरोन्यूज २०८० चैत १७ गते १४:०८

भद्रपुर (झापा) । झापाको भद्रपुर नगरपालिकामा न्यायिक समितिमा परेका उजुरीमध्ये ८५ प्रतिशत मेलमिलापका माध्यमबाट निरुपण भएका छन् ।

Advertisement
NiccNicc

चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा समाधान भएका ४७ मध्ये ४० उजुरीको मेलमिलापका माध्यमबाट गरिएको न्यायिक समितिले जनाएको छ ।

समितिका संयोजक एवं भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीले विवाद समाधान भएका ४७ उजुरीमध्ये ४० वटाको मेलमिलापका माध्यमबाट समाधान गरिएको जानकारी दिइन्। “नगरपालिकामा जग्गा मिचेको, पतिपत्नीबीचको झगडा, ज्याला मजदुरी नदिएकोलगायत विषयमा प्रमुखरुपमा उजुरी आउने गरेका छन्”, उनले भनिन् । उनले उजुरी परिसकेपछि दुवै पक्षलाई जितको महसुस हुनेगरी एकआपसमा समझदारी कायम गरी खुसी बनाएर पठाउने गरिएको बताइन्।

चालु आवमा दर्ता भएका ६७ उजुरीमध्ये ४७ वटाको निर्णय तथा मेलमिलापका माध्यमबाट विवाद समाधान गरिएको नगरपालिकाले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ (१) मा विभिन्न १३ वटा विवादको निरुपण गर्ने अधिकार र दफा ४७(२) मा विभिन्न ११ वटा विवादमा मेलमिलापका माध्यमबाट मात्र विवादको निरुपण गर्ने अधिकारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया