पञ्जाव किंग्समाथि लखनउ सुपर जाइन्ट २१ रनले विजयी

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले पञ्जाव किंग्सलाई २१ रनले पराजति गरेको हो ।
लखनउले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जाव किंग्सले २० ओभरमा ५ विकेट गुमाउदै १७८ रन बनाएको थियो ।
पञ्जावका लागि कप्तान शिखर धवनले सर्बाधिक ७० रन बनाए भने जोनी बैरस्ट्रवले ४२, लि यम लिभिङस्टोनले २८ तथा प्रभसिमरन सिंहले १९ रन बनाए । त्यस्तै लखनउका बलर मयंक यादवले ३ तथा मोशिन खानले २ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउदै १९९ रन बनाएको थियो । लखनउका लागि क्वेंटन डिककले सर्बाधिक ५४, क्रुनाल पाण्डेयले ४३ र निकोलस पुरनले ४२ रन बनाएका थिए । त्यसैगरी पञ्जावका बलर साम कुरानले ३, अर्शदीप सिंहले २ तथा कागीसो रबाडा र राहुल चहरले एक एक विकेट लिएका थिए ।
यो जितसँगै लखनउले यस सिजनमा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने पञ्जावले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।
















उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
शुक्लाफाँटामा बाघ गणना सम्पन्न
सुशासन र पारदर्शितामा सांसदहरूको जोड
शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ
इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
प्रतिक्रिया