माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालको अध्यक्षमा उर्मिला माझी निर्वाचीत

काठमाडौं । माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालको दोश्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
मकवानपुरको वागमती गाउँपालिकामा शनिवार सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा उर्मिला माझी निर्वाचीत भएकी छिन् ।
प्रतिनधिसभा सदस्य समेत रहेकी उर्मिला माझी यस अघि मोर्चाकी महासचिव थिइन् । मोर्चाको दोश्रो राष्ट्रिय सम्मेलनबाट माझी सर्वसम्मतले अध्यक्ष चयन भएकी हुन् । सम्मेलनबाट उर्मिला माझीको नेतृत्वमा ५५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । मोर्चाको महासचिवमा लक्ष्मी माझी चयन भएकी छिन् । उनी यस अघि मोर्चाको केन्द्रीय सचिवालय सदस्य र वागमती गाउँपालिका कार्यपालिका सदस्य रहेकी थिइन् ।
त्यसैगरी मोर्चाको उपाध्यक्षमा शोभाकुमारी माझी, गोपीलाल माझी र दिपक माझी चयन भएका छन् ।
नेपाल सरकारका उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न राष्ट्रिय सम्मेलनमा पुर्व सभामुख तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती विशेष अतिथिको रूपमा उपस्थिति रहेको थियो भने स्थायी समिति सदस्इ सत्य पहाडि, राष्ट्रिय सभा सदस्य तथा माओवादी नेता शुरेश आलेमगर, बागमती प्रदेश सभा सदस्य प्रेम पुलामी, पुर्व सांसद वुद्विमान माझी, गाउँपालिका अध्यक्ष सर्केश घलान लगायतको विशेष उपस्थिति रहेको थियो ।
उद्घाटन सत्र र बन्द सत्र गरी दुई भागमा सम्पन्न सम्मेलनले माझी पहिचानसहितकोे स्वायत्त क्षेत्र घोष्णा गर्न पहल गर्ने तथा माझी जातीको प्रमूख चाड लदी पर्वलाई राष्ट्रिय पर्वको रुपमा सूचिकृत गर्नको लागि पहल गर्ने निर्णय भएको अध्यक्ष माझीले बताइन् । उनले माझी समुदयको हक हित र अधिकार मात्रै होइन सबै उत्पीडित जाती क्षेत्र र समुदायको पक्षमा मोर्चालाई शशक्त ढंगले अगाडि बढाइने बताइन् ।
अध्यक्ष माझीले अन्य दलमा रहेका माझी समुदायलाई पनि पहिचान र अधिकारको एजेण्डाको जननी माओवादी केन्द्र र माझी राष्ट्रिय मुक्तिमोर्चामा समाहित गर्ने अभियानमा आफू लाग्ने बताइन् ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
प्रतिक्रिया